राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान अयोगका आयुक्त तथा अधिकारीलाई बोलाएर बन्धक बनाएको घटनाले संवैधानिक निकायको स्वतन्त्रता माथि गम्भीर हस्तक्षेप गरेको बताएकी छिन्। यस्तै जर्मनीका राजदूतलाई कार्यालयमा बोलाएर प्रधानमन्त्रीका सहयोगीहरुले सोधपुछ गरेको घटना सार्वजनिक भएको भन्दै उनले गम्भीर प्रश्न उठाइन्।
‘प्रम कार्यालयका सल्लाहकार र सहयोगीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा अधिकारीलाई निर्देशन मात्र दिएनन, झन्डै ९ घण्टासम्म नियन्त्रणमा राखेजस्तै अवस्था सिर्जना गरी आफूहरुले चाहेअनुसार कदम चाल्न दवाब दिएको आरोप सार्वजनिक भएको छ’, सांसद ओलीले भनिन्, ‘यति मात्र होइन नेपालको दशकौँको प्रयासबाट निर्माण भएको कुटनीतिक प्रतिष्ठामाथि समेत अघात पुगेको समाचार आएका छन्। कुटनीतिक नियोगका प्रतिनिधिको मर्यादामाथि प्रश्न उठ्ने गरी व्यवहार भएको छ। नयाँको नजिर आखिर यही हो? यस्तो व्यवहारले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि र विश्वसनियतालाई कहाँ पुर्याउँछ ?’
राजदूतलाई गरिएको यस्तो व्यवहारले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि र विश्वसनियतामाथि गम्भीर असर पार्ने भन्दै उनले थपिन्, ‘आज हाम्रो विदेश नीति र कुटनीतिक संस्कारलाई कुन दिशातर्फ धकेलिँदैछ? प्रम तथा मन्त्रिपरिषदको कार्यालयदेखि मन्त्रालयसम्म निजी सचिवालयको प्रभाव र हस्तक्षेप अस्वभाविक रुपमा बढ्दै गएको भन्ने व्यापक चिन्ता व्यक्त भइरहेको छ। स्थायी प्रशासनिक संयन्त्रको भूमिकामाथि अनौपचारिक शक्तिकेन्द्र हावी हुँदै गएको अनुभूति बढ्दै गएको भन्दै व्यापक सार्वजनिक गुनासाहरु आइरहेका छन्।'
विधिको शासन, नियमभन्दा व्यक्ति केन्द्रित शासन चलिरहेको भन्दै उनले भनिन्, विधिको शासन, नियमभन्दा व्यक्ति केन्द्रित शासन चलिरहेको भन्दै उनले भनिन्, 'यसले संस्थागत स्मृति (इन्स्टिच्युसनल मेमोरी) प्रशासनिक निरन्तरता र संस्थागत स्थायित्वमाथि नै प्रश्न खडा गरेको छ। राज्यका संस्थाहरुमाथि राजनीतिक कब्जा स्थापित गर्ने प्रवृत्ति प्रत्यक्ष देखिइरहेको छ। यहाँ विधि, प्रक्रिया र संस्थागत उत्तरदायित्व भन्दा व्यक्ति निष्ठ प्रभावलाई प्राथमिकता दिने कस्तो प्रशासनिक संस्कृतिको निर्माण गर्न खोजिँदैछ ?’
Shares

प्रतिक्रिया