राजनीति


बेइजिङमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबिच द्विपक्षीय वार्ता

बेइजिङमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबिच द्विपक्षीय वार्ता

नेपालखबर
असार २, २०८३ मंगलबार ५:२८, काठमाडौँ

चीनको चारदिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबिच सोमबार प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।

बेइजिङमा भएको भेटवार्तामा उनीहरूबिचद्विपक्षीय सम्बन्धका सम्पूर्ण आयामबारे व्यापक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सो अवसरमा दुई पक्षबिचसम्पर्क सञ्जाल ‘कनेक्टिभिटी’, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका क्षेत्रलगायत विषयमा छलफल भएको थियो।

'हामीले जनताजनताबीचको सम्बन्ध विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान गर्यौं र दुवै देशको पारस्परिक हितका लागि नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गर्यौं', भेटपछि मन्त्री खनालले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्।

सोमबारै परराष्ट्रमन्त्री खनाल र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबिचभेटवार्ता भएको छ।

उनले सोमबारै ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च तथा चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन भ्रमण गरे।

परराष्ट्रमन्त्री खनालले आइतबार उहाँको सम्मानमा बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए।

साथै उनले नेपाली राजदूतावास परिसरमा वृक्षरोपण गरेका थिए।

परराष्ट्रमन्त्री खनाल चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङको निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुगेका थिए।

मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्किनुहुने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad