कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले रास्वपाका सांसदहरूलाई प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले ‘नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका दिन’ निद्रा लाग्यो कि लागेन भनेर सोधेका छन्। बुधबार संसदमा सम्बोधन गर्दै उनले रास्वपाका सांसदहरूको ओठ सत्ताको टेपले टालिएको बताएका हुन्।
‘नेपालले भारतको सीमा मिचेकै हो भन्दा १८१ हातहरूले गडगडाहट ताली बजाउनुभयो,’ उनले भने, ‘राति निद्रा लाग्यो लागेन, खाना खानु भयो कि भएन त्यो सोध्न चाहान्न। यति भन्न चाहन्छु बहुमतले गडगड तालीले समर्थन गर्नुभयो, किनकि मिचेको होइन भन्ने संख्या त अल्पमतमा थियो।’
उनले त्यो आवाजले आज पनि आफूलाई भने निद्रा आउन नदिएको बताए। यस्तो लज्जास्पद र दुःखद् दृश्य कहिल्यै नदेखिएको बताए।
आङ्देम्बेले केही सांसदहरू ‘न्वारनदेखिको बल’लगाएर नेपालले मिचेको भूमि खोजी गरिरहेको बताएका छन्।
‘प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण छ, जतिसुकै रफु भरे पनि शब्द विशेषण थपे पनि उहाँले भनेको यही हो। यो अभिव्यक्ति आपत्तिजनक, लज्जास्पद थियो,’ आङदेम्बेले भने।
Shares

प्रतिक्रिया