राजनीति


कालापानी क्षेत्र र सुस्तामा मात्रै नक्सांकन बाँकी छ: परराष्ट्रमन्त्री खनाल

कालापानी क्षेत्र र सुस्तामा मात्रै नक्सांकन बाँकी छ: परराष्ट्रमन्त्री खनाल

नेपालखबर
जेठ २७, २०८३ बुधबार १६:१, काठमाडौँ

परराष्ट्रमन्त्री शिशिर खनालले कालापानी क्षेत्र र सुस्तामा मात्रै नेपाल–भारतको नक्सांकन गर्न बाँकी रहेको बताएका छन्। 

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै परराष्ट्रमन्त्री खनालले भारत भ्रमण र प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिका विषयमा प्रस्टीकरण दिएका थिए। त्यस क्रममा उनले नेपाल र भारतको सीमाको विषयमा केही ठाउँमा मात्रै विवाद बाँकी रहेको बताए। 

‘सुस्ता, लिम्पियाधुरा, कालपानी, लिपुलेक र केही क्षेत्रमा मात्रै नक्सांकन गर्न बाँकी छ,’ खनालले भने।

प्रधानमन्त्री शाहले दशगजा र ‘क्रस बोर्डर अक्कुपेसन’का विषयमा लक्षित भएको प्रस्टीकरण दिएका थिए। ‘प्रधानमन्त्रीको भनाइ दशगजा र क्रस बोर्डर अक्कुपेसनसँग जोडिएको छ,’ उनले भने। 

यस विषयमा पनि दुवै देशका टोली काम गरिरहेको उनले जानकारी दिए। ‘प्राविधिक टोली क्रियाशील छन्। लगत संकलन गर्ने काम भइरहेको छ,’ उनले भने, ‘नेपाल–इन्डिया बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेका छन्।’

नेपाल र भारतको सीमाको विषय दुई देशको विषय भएको उनको भनाइ थियो। यसमा तेस्रो पक्षको मध्यस्थता नखोजिने उनले बताए। 

प्रधानमन्त्री शाहले पनि तेस्रो पक्षको मध्यस्थता विषयमा नबोलेको उनले बताए। ‘तेस्रो पक्षको मध्यस्थता खोजेको होइनौँ,’ खनालले भने, ‘नेपाल–भारत सीमा द्विपक्षीय विषय हो। सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान गर्न नेपाल प्रतिबद्ध छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad