अनर नेपालले नेपालमा अनर ६०० र अनर ६०० प्रो सार्वजनिक गरेको छ।
उन्नत एआई फिचरहरू, प्रिमियम डिजाइन र फ्ल्यागशिप स्तरको प्रदर्शनसहित यी मोबाइल तयार गरिएको कम्पनीले जनाएको छ।
आकर्षक डिजाइन र स्मार्ट इनोभेसनको संयोजनसहित अनर ६०० सिरिज सिर्जनशील प्रयोगकर्ताका लागि निर्माण गरिएको कम्पनीको भनाइ छ। यो सिरिजले उत्कृष्ट इन-ह्यान्ड फिलसँगै आधुनिक जीवनशैलीका लागि शक्तिशाली प्रदर्शन प्रदान गर्ने कम्पनीको दाबी छ।
अनर ६०० मा स्न्यापड्रागन ७ जेन ४ (४ एनएम) प्रोसेसर प्रयोग गरिएको छ। यसमा नयाँ एआई इमेज टु भिडिओ २.० फिचरले प्रयोगकर्तालाई आफ्ना तस्बिरहरूलाई ५ सेकेन्डको एआई जेनेरेटेड भिडियो स्टोरीमा परिवर्तन गर्ने सुविधा दिन्छ, जसले कन्टेन्ट क्रिएसनलाई अझ सिर्जनात्मक र अन्तर्क्रियात्मक बनाउँछ। अनर ६०० मा मुभिङ फोटो इरेजर टुल र अल्ट्रा क्लियर नाइट मोडजस्ता विशेष फिचरहरू पनि समावेश छन्, जसले कम उज्यालोमा पनि स्पष्ट र विस्तृत फोटो खिच्न सहयोग गर्दछ। विशाल ७००० एमएएच ब्याट्री, ८० डब्लु वायर्ड फास्ट चार्जिङ र २७ डब्लु रिभर्स वायर्ड चार्जिङ सपोर्टसहित अनर ६०० दिनभर प्रयोग गर्न सक्षम बनाइएको छ।
अनर ६०० आठ जीबी र २५६ जीबीको ८४ हजार ९९९ र १२ जीबी र २५६ जीबीको ८९ हजार ९९९ रुपैयाँ मूल्य रहेको छ। यी फोन खरिद गर्नेले १५ हजार ९९९ रुपैयाँको अनर च्वाइस वाच २ प्रो नि:शुल्क र ईएफआईएक्स प्रोटेक्सन सर्भिस अफर पाउँछन्।
अनर ६०० प्रोमा स्न्यापड्रागन ८ एलिट (३ एनएम) प्रोसेसर समावेश गरिएको छ। यसले अल्ट्रा फास्ट रिस्पनसिभनेस, शक्तिशाली एआई क्षमता र सिमलेस प्रिमियम स्मार्टफोन एक्सपिरियन्स प्रदान गर्दछ। अनर ६०० प्रोमा रहेको एआई इमेज टु भिडिओ २.० फिचरले प्रयोगकर्तालाई विभिन्न तस्बिर र टेक्स्ट प्रोम्प्ट्स प्रयोग गरेर सिनेमेटिक एआई जेनेरेटेड स्टोरिज बनाउन सक्षम बनाउँछ।
फोटोग्राफी प्रेमीहरूका लागि अनर ६०० प्रोमा २०० एमपी मुख्य क्यामेरा, ३.५ एक्स अप्टिकल जुमयुक्त ५० एमपी टेलिफोटो लेन्स र १२ एमपी अल्ट्रावाइड क्यामेरासहितको शक्तिशाली फ्ल्यागशिप क्यामेरा सेटअप उपलब्ध छ।
यसले विभिन्न परिस्थितिमा उत्कृष्ट क्लारिटी, जुम कपेबिलिटी र डाइनामिक फोटोग्राफी पर्फमेन्स प्रदान गर्दछ। साथै, ७००० एमएएच ब्याट्री, ८० डब्लु वायर्ड चार्जिङ, ५० वाट वायरलेस चार्जिङ र २७ वाट रिभर्स वायर्ड चार्जिङ सपोर्टले दिनभरको शक्तिशाली पर्फमेन्स सुनिश्चित गर्दछ।
अनर ६०० प्रो निम्न भेरियन्टमा उपलब्ध हुनेछ। १२ जीबी + २५६ जीबीको मूल्य १ लाख २९ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
यो फोन किन्दा १५ हजार ९९९ रुपैयाँ पर्ने अनर च्वाइस वाच २ प्रो निःशुल्क पाइनेछ भने १० हजार ९९९ रुपैयाँ पर्ने अनर च्वाइस क्लिप इयरबर्ड निःशुल्क र ईएफआईएक्स प्रोटेक्सन सर्भिस अफर समेत यसमा छ।
लन्चको अवसरमा अनर नेपालले अनर ६०० सिरिज खरिद गर्ने ग्राहकहरूका लागि सीमित अवधिको आकर्षक अफरहरू पनि ल्याएको छ। अनर ६०० सिरिज नेपालभरका आधिकारिक अनर रिटेल स्टोरहरुमा सीमित अवधिका लागि उपलब्ध हुनेछ।
Shares

प्रतिक्रिया