राजनीति


ललितपुरमा पूर्वाधार र सम्पदाको काम सकियो, अब शिक्षा र स्वास्थ्यमा बजेट बढाउँछौँ: चिरिबाबु महर्जन

ललितपुरमा पूर्वाधार र सम्पदाको काम सकियो, अब शिक्षा र स्वास्थ्यमा बजेट बढाउँछौँ: चिरिबाबु महर्जन

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १३:४७, काठमाडौँ

ललितपुर महानगरपालिका क्षेत्रमा पूर्वाधार र सम्पदा संरक्षणको काम सकिएकाले अब शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा बजेट वृद्धि गर्ने मेयर चिरिबाबु महर्जनले बताएका छन्। 

बिहीबार ललितपुरमा आयोजित अंगदात सम्मान कार्यक्रममा बोल्दै मेयर महर्जनले महानगर क्षेत्रभित्र पूर्वाधार र सम्पदाको निर्माणको काम लगभग सकिएको महर्जनले बताए।

‘अहिले ललितपुरमा महानगरपालिका क्षेत्रमा सम्पदाको काम लगभग सिद्धियो। पाटन दरबार स्क्वायरमा रहेको जतिपनि मठमन्दिर, शिवालय, देवालय लगायत सबै सम्पदाहरुको बनाउने काम सिद्धियो। हामीले अहिले सम्पदाको क्षेत्रमा खास बजेट व्यवस्थापन गर्न पर्दैन,’ उनले भने। 

महानगरमा पछि आवद्ध भएका खोकना, हरिसिद्धी, बुङमती र धापाखेलका वडाहरूमा मात्रै पूर्वाधार विकासको काम बाँकी रहेको उनले बताए। तथापि, अब यी चारै क्षेत्रमा पनि अतिरिक्त बजेट व्यवस्थापन गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ। 

‘उपमहानगरपालिकाबाट महानगरपालिकामा मर्ज हुन आएको खोकना, हरिसिद्धी, बुङमती र धापाखेल जोडिएका वडाहरूमा चाँही अलिकति पूर्वाधारको क्षेत्रमा काम गर्न बाँकी छ। अरु सबै लगभग सकियो,’ महर्जनले भने। 

अब ललितपुर महानगरले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा लगानी बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने उनको भनाइ छ। ‘पूर्वाधारको क्षेत्रमा पनि बजेट आवश्यक छैन। बजेटमा हामीले अहिले ध्यान दिनुपर्ने भनेको शिक्षा, स्वास्थ्य र रोजगारीमा हो,’ महर्जनले भने, ‘स्वास्थ्यमा पनि हामीले धेरै नै लगानी गर्दै आइरहेका छौँ।’

मेयर महर्जनले ललितपुर महानगर भित्रको चलपथमा चार महिनाभित्र स्मार्ट लाईट जडानको काम सम्पन्न हुने समेत बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad