नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ।
बिहीबार बिहान साढे ११ बजे संसदीय दलको बैठक बस्ने कांग्रेसले जनाएको छ। बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भोलि (जेठ १५ गते) संसदमा प्रस्तुत हुँदैछ।
बैठकमा बजेटसँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ।
27
Shares

प्रतिक्रिया