राजनीति


जेनजी आन्दोलनमा मृतकका परिवारलाई रोजगारी र घाइतेलाई आजीवन सहयोगीको व्यवस्था गर्न सिफारिस

जेनजी आन्दोलनमा मृतकका परिवारलाई रोजगारी र घाइतेलाई आजीवन सहयोगीको व्यवस्था गर्न सिफारिस

नेपालखबर
जेठ १३, २०८३ बुधबार १८:२८, काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारको अवस्था हेरी रोजगारी र घाइतेलाई आजीवन सहयोगीको व्यवस्था गर्न सिफारिस गरेको छ। 

आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा जेनजी आन्दोनलका घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न भनेको छ। कतिपय घाइतेले जीवनभर उपचार गर्नुपर्ने अवस्था रहेकाले निःशुल्क उपचारको व्यवस्था गर्न सिफारिस गरेको हो। 

‘भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते भई हालसम्म पनि उपचाररत र जीवनभर वा भविष्यमा लामो समयसम्म उपचार गराइराख्नुपर्ने वा औषधि सेवन गरिराख्नु पर्ने भनी रजिस्टर्ड चिकित्सकबाट सिफारिस भएका घाइतेहरूको बाँकी सम्पूर्ण उपचार तथा औषधि निःशुल्क हुने व्यवस्था मिलाउन,’ आयोगको सिफारिसमा भनिएको छ। 

त्यस्तै, आयोगले मृतकका परिवारको अवस्था हेरी कम्तिमा एक जनालाई रोजगारको व्यवस्था गर्न सिफारिस गरेको छ। आयोगले भनेको छ, ‘जीविकोपार्जनको स्रोत नभएका मृतकको आश्रित वा परिवारको कम्तीमा एक जना सदस्यलाई रोजगारी तथा स्वरोजगारको व्यवस्था मिलाई निजहरूको बाँच्न पाउने अधिकारको सम्मान गर्न। यस्ता कार्यमा प्रदेश सरकार तथा स्थानीय तहलाई समेत जिम्मेवार बनाउन।’

यससँगै आयोग घाइतेको अवस्था हेरेर आजीवन सहयोगी वा घाइतेको जीवनयापनका लागि स्रोतको व्यवस्था गर्न पनि सिफारिस गरेको छ। ‘प्रदर्शनका क्रममा अपांगता भई सहयोगी आवश्यक पर्ने घाइेतहरूलाई आजीवन सहयोगी वा सहयोगी भत्तासहित निजको जीवनयापनको आर्थिक स्रोत सुनिश्चित गर्न,’ आयोगले भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad