सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको ‘बोनम्यारो’मा समस्या देखिएको छ। अहिले उनको उपचार भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा भइरहेको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार उपचार खर्चिलो भएकाले सहयोग संकलन भइरहेको छ। ‘एउटै सुईको ३ लाख २५ हजारसम्म पर्ने रहेछ,’ उनले नेपालखबरसँग भने, ‘न्यायाधीश समाजले सहयोग संकलन गरिरहेको छ, कर्मचारी अधिकृत समाजबाट पनि सहयोग संकलनको प्रयास हुँदैछ।’
उनका अनुसार श्रेष्ठ एक महिनादेखि दिल्लीमा उपचाररत छन्।
825
Shares

प्रतिक्रिया