राजनीति


एमाले सचिवालय बैठक: राजीनामाको दबाबमा रहेका ओलीले आज जवाफ दिने

एमाले सचिवालय बैठक: राजीनामाको दबाबमा रहेका ओलीले आज जवाफ दिने

नेपालखबर
जेठ १०, २०८३ आइतबार ८:२२, काठमाडौँ

विगत तीन दिनदेखि जारी नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ। 

भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा आइतबार बिहान साढे ११ बजेपछि बैठक सुरु हुने एमालेले जनाएको छ।  

आफू निकटकै नेताहरूबाट राजीनामाको दबाब आएपछि अप्ठ्यारोमा परेका अध्यक्ष ओलीले आज जवाफ दिने कार्यसूची छ। ओलीले जवाफ दिनुअघि बोल्न बाँकी नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची छ। 

आजको बैठकमा सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले धारणा राख्दैछन्।

एमालेकाे १९ सदस्यीय सचिवालय सदस्यमध्ये हिजाेसम्म बोलेका १४ मध्ये १० जनाले पार्टी पुनर्गठनको पक्षमा धारणा राखिसकेका छन्।

गएको शुक्रबार र शनिबार बोल्ने अधिकांश नेताले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै उनलाई मार्गप्रशस्त गर्न सुझाव दिएका हुन्।

एमाले रुपान्तरण र पुनर्गठनको पक्षमा ८० प्रतिशत सचिवालय सदस्य देखिएका छन्।

शुक्रबार चार उपाध्यक्ष र शनिबार महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र पाँच सचिवले बाेलेका थिए। शनिबार बाेल्ने सचिव महेश बस्नेतबाहेक सबै नेताले ओलीले पार्टी बनाउन पद त्याग गरेर सहयोग गर्नुपर्ने धारणा राखेका छन्।

तर ओलीले भने पद नछाड्ने घोषणा गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad