राजनीति


एमाले सचिवालयका ८० प्रतिशत सदस्य ओलीको विपक्षमा, राजीनामा गर्न दबाब

एमाले सचिवालयका ८० प्रतिशत सदस्य ओलीको विपक्षमा, राजीनामा गर्न दबाब

नेपालखबर
जेठ ९, २०८३ शनिबार २१:५४, काठमाडौँ

नेकपा (एमाले) मा रुपान्तरण र पुनर्गठनको पक्षमा ८० प्रतिशत सचिवालय सदस्य देखिएका छन्।

शुक्रबार चार उपाध्यक्ष र शनिबार महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र पाँच सचिवले ओलीले पार्टी बनाउन पद त्याग गरेर सहयोग गर्नुपर्ने धारणा राखेका हुन्। सचिव महेश बस्नेत मात्र ओलीको पक्षमा उभिए।

‘आज पनि ७–१ भयो,’ एक पदाधिकारीले नेपालखबरसंग भने, ‘यस्तो बेला अध्यक्षलाई कसैले साथ दिँदैन, उहाँको कारण यो सबै भइरहेको साथीहरूको निष्कर्ष छ।’ 

यो भनेको एमालेको सचिवालयको ८० प्रतिशतले ओलीलाई अस्वीकार रुपमा उनले अर्थ्याए। ‘१९ जनाको हाम्रो सचिवालय छ, जसमा अध्यक्ष, अनि उहाँको पक्षमा अहिलेसम्म बोलेका दुई जना गर्दा जम्मा तीन जना त होनि, बाकी सबै अध्यक्षले छोड्नुपर्छ भन्नू भयो,’ ती पदाधिकारीले भने, ‘पद्मा अर्याल, हिक्मत कार्कीलगायत ओलीले छोड्नै पर्ने पक्षमा उभिनु पार्टी बनाउने कदम हो।’

सचिव हिक्मत कार्की, पद्मा अर्याल, राजन भट्टराईले तल पार्टी चलाउन सक्ने अवस्था नभएको बताएका थिए। ‘उहाँहरूले बोल्ने नै त्यस्तै हो, ओली नभई पार्टी चल्दैन भन्नू भएन, तपाईले सोच्नुपर्छ भन्नुभयो त्यो भनेको ओलीलाई पद त्याग गर्नु नै भनेको हो,’ ती पदाधिकारीले थपे।

यद्यपि ओलीले यी सबैको प्रतिवाद गरेका थिए। उनले निर्वाचित भएर आएको त्यसै नछाड्ने घोषणा गरे।  

शनिबार बोलेका पाँच उपाध्यक्षमध्ये रामबहादुर थापा ‘बादल’ मात्र ओलीको पक्षमा खुलेका थिए। उनले संकटको समयमा नेतृत्वलाई साथ दिनुपर्ने र हेडक्वाटरको रक्षा गर्नुपर्ने बताएका थिए।

सचिवालयमा अल्पमतमा परेपछि ओलीलाई पद त्याग गर्न दबाब परेको छ। यधपि, उनले आफू नछाड्ने घोषणा गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad