राजनीति


शंकर पनि ओलीको विपक्षमा उभिए, भने- पार्टी पुनर्गठन गरेर जानुपर्छ

शंकर पनि ओलीको विपक्षमा उभिए, भने- पार्टी पुनर्गठन गरेर जानुपर्छ

नेपालखबर
जेठ ९, २०८३ शनिबार १८:४९, काठमाडौँ

नेकपा (एमाले) महासचिव शंकर पोखरेल पनि अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा उभिएका छन्। 

शनिबार एमाले केन्द्रीय सचिवालय बैठकमा बोल्दै महासचिव पोखरेलले पनि ओलीलाई मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिए। यथास्थितिमा अगाडि बढ्न नसकिने उनको भनाइ रहेको सचिवालय बैठकमा सहभागी एक पदाधिकारीले बताए। 

महासचिव पोखरेलले पनि पार्टी पुनर्गठन गर्नुपर्ने बताएका छन्। ‘पार्टी पुनर्गठनको आवाज ठूलो छ। अब पार्टी पुनर्गठन गरेर जानुपर्छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै ति पदाधिकारीले भने। 

अन्य पदाधिकारीको जस्तो महासचिव पोखरेलले राजीनामा शब्द प्रयोग गरेका छैनन्। मार्गप्रशस्त गर्नुपर्ने बताउँदै पोखरेलले भने, ‘यथास्थितिमा अघि बढ्न सकिँदैन।’

दुई दिनदेखि जारी एमाले सचिवालय बैठकमा शनिबार महासचिव र उपमहासचिवहरूले बोलेका थिए। बहुमत उपमहासचिवहरू पनि ओलीको विपक्षमै बोलेको जनाइएको छ। 

यसअघि शुक्रबार उपाध्यक्षहरूले बोलेका थिए। पाँच जना उपाध्यक्षमध्ये चार जनाले ओलीको राजीनामा मागेका थिए। 

एमाले प्रवक्ता लेखराज भट्टले शनिबार नौ जना पदाधिकारीले आफ्नो धारणा राखेको बताए। अझै सचिवहरूले बोल्न बाँकी छ। 

आइतबार बिहान साढे ११ बजे केन्द्रीय सचिवालय बैठक बस्ने प्रवक्ता भट्टले जानकारी दिए। आइतबारको बैठकमा सचिवहरूले बोल्नेछन्। त्यसपछि अध्यक्ष ओलीले बोल्ने कार्यतालिका छ। 

 सचिवालय बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजनसहित ११ वटा एजेन्डा रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad