राजनीति


‘ओलीले बनाएको पार्टी उनैले सकाए, अब नयाँ ढंगले नगए सकिन्छौँ’

‘ओलीले बनाएको पार्टी उनैले सकाए, अब नयाँ ढंगले नगए सकिन्छौँ’

महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय योगेश भट्टराई र रघुवीर महासेठ।


नेपालखबर
जेठ ९, २०८३ शनिबार २०:४८, काठमाडौँ

नेकपा (एमाले)को सचिवालय बैठकमा उपमहासचिव रघुवीर महासेठलगायतका केही सचिवले अध्यक्ष केपी शर्मा ओली बनाएको पार्टी उनले सकाएको धारणा राखेका छन्। 

अध्यक्ष ओलीको निवास गुण्डुमा शनिबार बसेको सचिवालय बैठकमा उपमहासचिव महासेठले ओलीको बनाएको एमाले उनकै कार्यकालमा सकिने खतरा बढेको औँल्याएका थिए। उनले अब नयाँ ढंगले जानुपर्ने धारणा राखएको एक पदाधिकारीले बताए। 

‘अध्यक्षज्यूले एमालेलाई यहाँसम्म ल्याउनुभयो र उहाँकै पालामा एमालेको यो हबिगत पनि भयो,’ सचिवालय बैठकमा महासेठले भने, ‘अब एमालेलाई यसरी लैजान सकिँदैन, पुनर्गठन गरेर नयाँ रुपमा जानैपर्छ।’

त्यस्तै, अर्का उपमहासचिव योगेश भट्टराईले पनि अब ओलीको नेतृत्वमा एमाले अघि बढ्न नसक्ने धारणा राखेका थिए। अन्य नेताले मार्गप्रशस्त शब्द प्रयोग गरे पनि भट्टराईले भने राजीनामा नै भनेको अर्का पदाधिकारीले बताए। 

त्यसअघि बोलेका महासचिव शंकर पोखरेलले पनि ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका थिए। अब यथास्थितिमा अगाडि बढ्न नसकिने उनको भनाइ थियो। अन्य पदाधिकारीसँगै महासचिव पोखरेल पनि ओलीलाई एमाले नेतृत्वबाट बिदा गर्नुपर्ने पक्षमा उभिएको ति पदाधिकारीले सुनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad