राजनीति


कोसी र मधेसका रास्वपा सांसदहरूसँग आज छुट्टाछुट्टै छलफल गर्दै रवि

कोसी र मधेसका रास्वपा सांसदहरूसँग आज छुट्टाछुट्टै छलफल गर्दै रवि

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार ९:४६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीबाट निर्वाचित कोसी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्दै छन्।

पहिलो चरणमा कोसी प्रदेशका रास्वपा सांसदसँग छलफल गर्ने कार्यक्रम तय भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए। 

उनका अनुसार कोसी प्रदेशका रास्वपा सांसदसँग अहिले बिहान ११ बजे छलफल सुरु हुनेछ।

कोसी प्रदेशका सांसदहरूसँगको छलफलपछि सभापति लामिछानेले दिउँसो साढे १ बजे मधेस प्रदेशका सांसदसँग छलफल गर्ने झाले बताए।

उनका अनुसार बाँकी प्रदेशका सांसदज्यूहरूसँग अर्को तालिकामा छलफल कार्यक्रममा आयोजना हुनेछ।

सरकारबारे सांसदको बढ्दो असन्तुष्टि रोक्न सभापति लामिछानेले संवाद गर्न लागेको बुझिएको छ।

प्रधानमन्त्री र मन्त्रीहरुले सांसदलाई बेवास्ता गरेको भन्दै रास्वपामा असन्तुष्टि बढ्दो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad