नेकपा (एमाले)ले आउँदो स्थानीय तहतको निर्वाचनलाई केन्द्रीय भएर ‘मिसन लोकल इलेक्सन’ सञ्चालन गर्ने भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठकमा आगामी स्थानीय चुनावका लागि अभियान सञ्चालन गर्ने प्रस्ताव राखेका छन्। यसका लागि केन्द्रीय पदाधिकारीबाहेक सबैलाई स्थानीय तहमा खटाउने भएको छ।
‘केन्द्रीय पदाधिकारीबाहेकका सबैलाई स्थानीय चुनाव लक्षित पालिकाकेन्द्रित कार्यविभाजन गर्ने,’ अध्यक्ष ओलीको प्रस्तावमा भनिएको छ, ‘यस अभियानको नाम मिसन लोकल इलेक्सन राख्ने।’
यस अभियानअन्तर्गत केन्द्रीय कमिटी, केन्द्रीय निकायका सदस्यका अतिरिक्त अगुाव कार्यकर्तालाई समेत केन्द्रीय प्रतिनिधिका रुपमा स्थानीय तहमा खटाउने भएको छ। स्थानीय तहका खटाएका नेता तथा कार्यकर्ताले अनिवार्य रुपमा जानुपर्ने छ।
एमाले सचिवालय बैठक शुक्रबार बोलाइएको छ। यससम्बन्धी शुक्रबारको बैठकमा निर्णय गरिने एमालेले जनाएको छ।
Shares

प्रतिक्रिया