ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। मन्त्रालयले आज (बिहीबार) सार्वजनिक सूचना जारी गर्दै आयोगका एक अध्यक्ष र चार सदस्य पदका लागि आवेदन माग गरेको हो।
मन्त्रालयका अनुसार चार सदस्यमध्ये एक पद महिलाका लागि सुनिश्चित गरिएको छ। आवेदन दिन इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयअन्तर्गत रहेको विकास सहायता तथा प्राविधिक समन्वय महाशाखामा निवेदन बुझाउनुपर्ने सूचनामा उल्लेख छ।
यसका लागि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णयमार्फत तीन सदस्यीय सिफारिस समिति गठन गरेका छन्। समितिको संयोजकमा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, सदस्यहरू सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी रहेका छन्।
मन्त्री श्रेष्ठले कर्णालीका ग्रामीण भान्सादेखि तराईका औद्योगिक क्षेत्र तथा अन्तरदेशीय विद्युत् व्यापारसम्मलाई समेट्ने गरी ऊर्जा बजारको संरचना निर्माण गर्न सक्षम नेतृत्व आवश्यक रहेको बताए।
हेर्नुहोस् सूचना

प्रतिक्रिया