राजनीति


कांग्रेस सांसद् केसीको प्रश्न: वालेन्द्र शाह कुन टापुको सम्राट हो?

कांग्रेस सांसद् केसीको प्रश्न: वालेन्द्र शाह कुन टापुको सम्राट हो?

नेपालखबर
जेठ ७, २०८३ बिहिबार १३:२१, काठमाडौँ

नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति जवाफदेही नभएकोप्रति संसद्‍मा प्रश्न गरेका छन्। 

बिहीबार संसद् बैठकको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री शाहको कार्यशैलीप्रति व्यंग्य गरे।

‘उहाँ भिन्दै साम्राज्य, कहिँको टापुको सम्राट हो कि यो संसद्को अंग हो,’ उनले भने, ‘म यस विषयमा त्यता पनि सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु। यो गम्भीर विषय हो।’

उनले विपद्‍बाट जनतालाई जोगाउन, आउँदै गरेको मनसुनको पूर्वानुमानअनुसार गम्भीर भएर काम गर्न सरकारलाई आग्रह गर्ने क्रममा प्रधानमन्त्री शाहले संसद्प्रति गर्दै आएको वेवास्ताप्रति असन्तुष्टि जनाए। 

‘प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ। गृहमन्त्रालयले अत्यन्त गम्भीर रुपमा लिनुपर्ने विषय हो,’ केसीले भने, ‘विपद्को पूर्वतयारीमा गृहमन्त्रालय लागोस्। तर, आफैँ गृहमन्त्री रहनु भएका प्रधानमन्त्री स्वयं यो संसद्को अंग हो कि होइन सभामुखज्यू, मैले चाहीँ थाहा पाएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad