राजनीति


प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

नेपालखबर
जेठ ७, २०८३ बिहिबार १२:२९, काठमाडौँ

नेपाली कांग्रेसका सांसद निस्कल राईले सरकारले नै सदनको मर्यादा नराखेको आरोप लगाएका छन्। 

बिहीबार संसद् बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन शाहलाई सदन भनेपछि एलर्जी हुन थालेको आरोप लगाए। 

‘सरकार परम्परा भत्काउँदै छु भन्दै छ। व्यवस्थापिक, कार्यपालिका र न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ,’ उनले भने, ‘सत्तारुढ दलका सांसद क्रम भंगताको रफ्फू लगाउँदै हिँडेका छन्। संसदीय व्यवस्था र अभ्यासलाई अकंको दम्भले तललकारिँदै छ। अनि सदन कसरी मर्यादित हुन्छ?’

उनले संसद्‍मा प्रतिपक्षी दलले सकारलाई जवाफदेही बनाउन खोज्दा सभामुखले अमर्यादित गतिविधि नगर्न श्रम संस्कृति पार्टीका सांसदलाई चेतावनी दिएकोप्रति पनि प्रश्न गरे। 

‘प्रतिपक्षी दलले नीति कार्यक्रमको जवाफ प्रधानमन्त्रीबाट खोज्दा पनि पाइएन। पटकपटक उठेर सरकारलाई उत्तरदायी बनाउन खोज्दा पनि सभामुखले साथ दिनु भएन,’ उनले भने, ‘सरकारले टेरेन। श्रम संस्कृति पार्टीका सांसद्ले प्लेकार्ड देखाउँदा सभामुखले अमर्यादित भन्नु भयो।

उनले विपक्षी दलले अहिले प्रश्न गर्दा अमर्यादित भन्ने सभामुखलाई विगततिर फर्किन पनि उनले आग्रह गरे। 

‘यहाँ बिर्सन नहुने एउट प्रशंग छ,’ उनले भने, आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो। सरकारको जवाफ खोज्दै निलो स्काफ घाँटीमा बेरर बेल घेर्ने र पुस्तक पढेर बस्ने काम पनि हालको सत्तारुढ दलले त्यतिबेला गरेको थियो। त्यतिबेला आफैँले गरेको त्यो कदम संसदीय र मर्यादित भयो? अहिले प्रतिपक्षले प्रश्न गर्दा, जवाफ माग्दा अमर्यादित कसरी भयो?’ 

उनले त्यतिबेला रास्वपाले र अहिले श्रम संस्कृति पार्टीले गरेका दुवै क्रियाकलाप अमर्यादित गतिविधि भएको उनले बताए। ‘सभामुखले नै यो सदनको मर्यादा राख्न सक्नु भएन,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad