एमाले सांसद क्षितिज थेबेले कर प्रणाली असन्तुलित भएकाले सच्याउन आग्रह गरेका छन्। आज (मंगलबार) सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै उनले कुल करको ६५ प्रतिशत बढी अप्रत्यक्ष करले गरिबमाथि बढी भार पारेको भन्दै सच्याउनुपर्ने बताएका हुन्।
साथै उनले अहिले देशको मुख्य समस्या १ खर्ब ५० अर्बको संरचनात्मक खाडल भएको बताए। ‘अनिवार्य दायित्व १३ खर्ब ३० अर्ब र राजस्व प्रक्षेपण ११ खर्ब ८० अर्ब छ, यो कहाँबाट परिपूर्ति हुन्छ भन्ने अहिलेको मुख्य विषय हो,’ उनले भने।
सांसद थेबेले तमोर जलाशय जलविद्युत् आयोजना कम मुआब्जामा बन्न सक्ने आयोजना भएकाले यसलाई उच्च प्राथमिकता दिन आग्रह गरेका छन्।
‘ताप्लेजुङका जनताको सम्पूर्ण जग्गा रोक्का छ, उनीहरूको प्रश्न छ- यो आयोजना कहिले बन्छ भनेर,’ उनले भने, ‘म फेरि पनि भन्छु कम मुआब्जामा बन्ने आयोजना भएकाले उच्च प्राथमिकतामा राखियोस्।’
Shares

प्रतिक्रिया