प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथि संसदीय सुनुवाइ भइरहेको छ।
मंगलबार सिंहदरबारमा बसेको समिति बैठकमा उनीविरुद्ध परेका उजुरीहरू अध्ययनपश्चात शर्मा संसदीय समितिमा उपस्थित भएका छन्।
सुनुवाइमा भाग लिँदै नेपाली कांग्रेसका सांसद आनन्द ढुंगानाले न्यायालय र बारबीचको द्वन्द्व व्यवस्थापन कसरी गर्नुहुन्छ भन्दै प्रश्न गरे।
उनले लामो समयदेखि बेन्च (न्यायालय) र बारबीच द्वन्द्व भइरहँदा न्याय सम्पादन प्रभावित हुँदै आएको बताए।
उनले भने, ‘न्यायालय र बारबीच लामो द्वन्द्व भइरहन्छ। बार र न्यायालयको बेन्चबीच जुन द्वन्द्व छ त्यसलाई कसरी निरुपण गर्नुहुन्छ? विगतमा केही प्रधानन्यायाधीशले यो द्वन्द्व कम गर्ने प्रयास गरेपनि अहिले फेरि यो द्वन्द्व बढेको जस्तो देखिन्छ। द्वन्द्व बढ्यो भने फेरि न्याय पाउन गाह्रो हुँदो रहेछ।’
उनले न्यायालयलाई विकासमैत्री कसरी बनाउन सकिन्छ भन्ने चासो समेत प्रस्ताविक प्रधानन्यायाधीश शर्मासमक्ष राखे।















Shares

प्रतिक्रिया