राजनीति


एमाले सचिवालयको अर्को बैठक जेठ ८ मा

एमाले सचिवालयको अर्को बैठक जेठ ८ मा

नेपालखबर
जेठ ४, २०८३ सोमबार १८:३०, काठमाडौँ

नेकपा (एमाले) केन्द्रीय सचिवालयको अर्को बैठक जेठ ८ गते बस्ने भएको छ। 

सोमबार भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीरकण गर्ने निर्णय गरेको छ। झण्डै चार घण्टा बसेको बैठकमा भण्डारीको सदस्यता नवीकरणका विषयमा व्यापक छलफल भएको जनाएको छ। 

आजको बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको एमाले सचिव पद्मा अर्यालले जानकारी दिइन्। अन्य विषयमा छलफल गर्न अर्को बैठक जेठ ८ गते बिहान ११ बजे बोलाइएको उनले बताइन्। 

अर्को बैठकमा एमाले नेताहरूको कार्यविभाजनका विषयमा छलफल हुने जनाइएको छ। त्यही बैठकमा केन्द्रीय कमिटी बैठक बोलाउने विषय पनि समावेश हुने भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad