सांसद रमेश प्रसाईंले जेनजी आन्दोलनमा मारिएकाहरूको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन्। आज (सोमबार) सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।
सोही विषय उठाउँदा यसअघि नियमापत्ति गरिएको भन्दै उनले एमालेका सांसदहरूमाथि पनि कटाक्ष गरेका छन्। ‘जननेता मदन भण्डारीले भन्नुभएको थियो- त्यो मरिचमानले मारेको होइन त्यत्रा मान्छे, त्यो त महाराजधिराजको कृपा हो,’ उनले भने, ‘नेकपा एमालेका कुनै माननीयलाई मदन भण्डारीको यो मन्तव्यमाथि शंका छ?’
उनले ‘त्यतिबेला जनआन्दोलनको नरशंहारको जिम्मेवारी तत्कालीन शासकको हुने, अनि जेनजी आन्दोलनको नरशंहारको जिम्मेवारी सीडीओले लिन्छ’ भन्दै प्रश्न गरे। उनले भने, ‘तिम्रो रगत रगत मेरो रगत पानी, यो कस्तो बेइमानी?’
54
Shares

प्रतिक्रिया