राजनीति


ओली निवासमा एमाले सचिवालय बैठक, कार्यविभाजनबारे छलफल

ओली निवासमा एमाले सचिवालय बैठक, कार्यविभाजनबारे छलफल

नेपालखबर
जेठ ४, २०८३ सोमबार १४:८, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय सचिवालयको बैठक जारी रहेको छ। 

भक्तपुरको गुण्डुस्थित ओली निवासमा जारी सचिवालय बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन प्रमुख एजेन्डा रहेको छ। यससँगै समसामयिक विषयमा छलफल भइरहेको एमाले नेताहरूले बताएका छन्। 

यससँगै आजको बैठकमा गत फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा पनि छलफल हुने जनाएको छ। 

यससँगै सरकारले जबरजस्ती हटाएका सुकुम्वासी, उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही पनि बैठकका एजेन्डा रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad