राजनीति


गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस्: अर्जुन नरसिंह केसी

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस्: अर्जुन नरसिंह केसी

नेपालखबर
जेठ ४, २०८३ सोमबार ११:५७, काठमाडौँ

नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले गत भदौ २३ र २४ गतेको घटना छानविन गरेर गौरीबहादुर कार्की आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। 

आजको संसद् बैठकमा उनले प्रतिवेदन अझै सरकारले औपचारिक रुपमा सार्वजनिक नगरेको भन्दै उनले त्यो प्रतिवेदन कसको स्वार्थमा लुकाइएको हो भन्ने प्रश्नसमेत गरेका छन्।

‘त्यो प्रतिवेदन अझै औपचारिक रुपमा सर्वजनिक भएको छैन। कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरेर सबै सांसदलाई उपलव्ध गराइयोस्,’ बैठकमा केसीले भने। 

भदौ २३ देखि २६ सम्मको हिंसात्मक घटना छानविनको लागि लीली थापाको संयोजकत्वमा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पनि सरकारले लुकाउने काम गरेको आरोप उनले लगाए। 

‘भदौ २३ र २४ को घटना छानविन दोषीलाई हदैसम्मको कारबाही होस्,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad