राष्ट्रपति रामचन्द्र पौडेलससँग नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेट गरेकी छन्।
शुक्रबार राष्ट्रपति भवन शितल निवासमा याहियाले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेकी हुन्। भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल र संयुक्त राष्ट्र संघको आपसी सहयोगका विषयमा चर्चा गरेका थिए।
त्यस्तै, भेटवार्ताका क्रममा नेपाल र संयुक्त राष्ट्रसङ्घबीच आपसी सहयोग वृद्धि गर्ने लगायतका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयलका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्।
33
Shares

प्रतिक्रिया