राजनीति


रास्वपाको केन्द्रीय समिति विघटन, रविको नेतृत्वमा महाधिवेशन आयोजक समिति

रास्वपाको केन्द्रीय समिति विघटन, रविको नेतृत्वमा महाधिवेशन आयोजक समिति

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार ११:५३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति विघटन भएको छ। 

बुधबार बिहान वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको हो। 

रास्वपाले मौजुदा केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय पनि गरेको छ। केन्द्रीय समितिको परिभाषित काम अब आयोजक समितिले गर्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।

आगामी असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनका लागि बैठकले विभिन्न उपसमिति गठन गरेको छ। प्रतिनिधि व्यवस्थापन समिति, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा समिति, प्रचार प्रसार व्यवस्थापन समिति, सूचना तथा प्रविधि व्यवस्थापन समिति, आवास तथा भोजन समिति, स्वास्थ्य तथा प्राथमिक उपचार व्यवस्थापन समिति, सांस्कृतिक कार्यक्रम समिति र अतिथि सत्कार समिति गठन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad