कारोबार


सांसदद्वय खड्का र गौचन सरकारी लगानी व्यवस्थापन समिति सदस्यमा मनोनयन

सांसदद्वय खड्का र गौचन सरकारी लगानी व्यवस्थापन समिति सदस्यमा मनोनयन

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार ११:५८, काठमाडौँ

सरकारले ‘सरकारी लगानी व्यवस्थापन समिति’मा २ सदस्य मनोनयन गरेको छ। 

आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभाका सदस्यद्वय सुशील खड्का र योगेश गौचन थकालीलाई सरकारी लगानी व्यवस्थापन समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको हो।

खड्का बागलुङबाट निर्वाचित रास्वपा सांसद हुन् भने गौचन मुस्ताङबाट विजयी कांग्रेस सांसद हुन्। 

यसैगरी आज बसेको मन्त्रिपरिषद् बैठकले थप ३ निर्णय पनि गरेको छ। 

प्रधानमन्त्रीको कार्यालयका अनुसार बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। 

यसैगरी विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने निर्णय भएको छ भने भूमिसम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad