राजनीति


ट्रम्पले भनेः डब्लूएचओ चीनको कठपुतली

ट्रम्पले भनेः डब्लूएचओ चीनको कठपुतली

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ६:४९,

हाल विश्व स्वास्थ्य संगठनको आयोजनामा दुईदिने ७३ औं विश्व स्वास्थ्य सम्मेलन जारी छ।

यस क्रममा डब्लूएचओका १ सय ९४ सदस्य राष्ट्रले कोरोना भाइरसबारे भिडियो कन्फ्रेन्स मार्फत आफ्ना भनाइहरु राखिरहेका छन्।

अमेरिकाले सोमबार उक्त सम्मेलनमा डब्लूएचओले कोरोना भाइरसलाई नियन्त्रण बाहिर जान दिएका कारण धेरै मानिसको ज्यान गएको बताएको थियो।

अमेरिकी स्वास्थ्य सचिव एलेक्स अजरले डब्लूएचओले विश्वलाई चाहिने स्वास्थ्य जानकारी प्राप्त गर्न असफल भएको बताएका थिए।

ट्रम्पले अमेरिकी भनाइ सार्वजनिक भएको केही घण्टामै डब्लूएचओ चीनको कठपुतली भएको बताएको बीबीसीले जनाएको छ।

ट्रम्पले डब्लूएचओ चीन केन्द्रित भएको बताउँदै डब्लूएचओले चीनले भनेको मान्ने भएकाले यस संस्था चीनको कठपुतली भएको आरोप लगाएका थिए।

ट्रम्पले सो क्रममा डब्लूएचओले अमेरिकालाई नराम्रो सुझाव दिएको उल्लेख गरेका थिए।

कोरोनाको प्रभाव बढ्दै जाँदा अमेरिकाले चिनियाँ नागरिकलाई आफ्नो देश प्रवेशमा निषेध गरेको थियो। त्यसबेला डब्लूएचओले अमेरिकी कार्य अमानवीय भएको बताएको थियो।

तर केहीहप्तामै सबै राष्ट्रले कोरोना संक्रमणको त्रासपछि चिनियाँ नागरिकलाई आफ्नो देश प्रवेशमा कडाइ गरेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad