राजनीति


कोरोनाका कारण कसैको पनि ज्यान नजाओस् भन्ने प्रयास असफल भयो : प्रधानमन्त्री

कोरोनाका कारण कसैको पनि ज्यान नजाओस् भन्ने प्रयास असफल भयो : प्रधानमन्त्री

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ६:३६,

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण कही पनि नेपालीको ज्यान जान नदिने सरकारको प्रयास असफल भएको बताएका छन्।

मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले नेपाल कोरोनाको महामारीमा प्रवेश गरेको उल्लेख गर्दै दुई जनाको ज्यान गएकोमा दुःख समेत व्यक्ति गरे।

ंकोरोना भाइरसको महामारी नेपालमा प्रवेश गर्यो, नेपालीहरु संक्रमित भए, त्यसै कारण नभएर अन्य कम्ल्पिकेसन भए पनि दुई जनाको मृत्यु भएकोमा दुखी छु’, उनले भने, ‘हामी कोरोना भाइरसका कारण कोही पनि नेपालीको ज्यान नजाओस भन्ने सरकारको प्रयास असफल भएको छ।’

प्रधानमन्त्री ओलीले मृत्यु भएका दुवै जनाको अन्य कारणले मृत्यु भएको भए पनि डब्ल्युएचओको मापदण्ड अनुसारको लक्षण देखिएकाले कोरोना नै मुख्य कारण भएको बताए।

‘मृत्यु भएका दुवैजनाको कोरोना नभई अन्य कारणले मृत्यु भएको हुनसक्छ तर, विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्ड अनुसारको लक्षण देखिएकाले कोरोना नै संक्रमणको मुख्य कारण हुनसक्छ’, प्रधानमन्त्री ओलीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad