राजनीति


उठेर बोल्न गार्‍हो भएपछि प्रधानमन्त्रीले संसदमा बसेरै गरे सम्बोधन

उठेर बोल्न गार्‍हो भएपछि प्रधानमन्त्रीले संसदमा बसेरै गरे सम्बोधन

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ६:५१,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई स्वास्थ्यका कारण उठेर बोल्न गार्‍हो भएपछि बसेर संसदलाई सम्बोधन गरेका छन्।

मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गर्दा प्रधानमन्त्री ओलीले अआफूलाई उठेर बोल्न गार्‍हो भएको बताए।

 प्रधानमन्त्रीले गार्‍हो भएको बताएपछि उनलाई बसेर बोल्न व्यवस्था गर्न सभामुख अग्नी सापकोटाले आग्रह गरेका थिए।

‘सभामुख महाेदय बीचमा एकछिन राेक्नु पर्याे। अप्रेसनको कारणले मेरो खुट्टामा अलिकति समस्या छ धेरैबेर उभिन,' प्रधानमन्त्रीले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad