राजनीति


सरकार फासीवादी दिशामा, पहिलो प्रहार सुकुम्बासीमाथि: मोहनविक्रम सिंह

सरकार फासीवादी दिशामा, पहिलो प्रहार सुकुम्बासीमाथि: मोहनविक्रम सिंह

नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार २१:३८, काठमाडौँ

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले वर्तमान सरकारको पहिलो प्रहारमा सुकुम्बासी परेको बताएका छन्।

पार्टीनिकट मजदुर संगठनले शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सिंहले सरकार फासीवादी बाटोमा अघि बढेको र त्यसको पहिलो प्रहार सुकुम्बासीमाथि भएको बताए।

‘बालेन शाहको नेतृत्वमा चलेको सरकारको एक महिनाको शासनमा नै फासिवादी रुझान देखापरेको छ। ट्रेड युनियन, स्ववियु, प्रेसमाथिको अंकुश त्यसको परिणाम हो’ सिंहले भने।

आफ्‌ना फासिस्ट क्रियाकलापलाई संवैधानिक रुप दिन संविधान संशोधन गर्ने प्रयास भइरहेको सिंहले बताए।

अमेरिकाले आफ्‌नो प्रत्यक्ष नेतृत्व रहेको देशहरूमा फसिवादी शासन कायम गरेको उनको भनाई थियो।

‘संविधानको मूल आत्मालाई समाप्त गर्ने प्रयास, त्यसको एउटा माध्यम राष्ट्रपतीय प्रणालीमा लैजानु अहिलेको संविधान संशोधनको मूल उदेश्य यही हो’ उनले भने– ‘राष्ट्रपतीय प्रणाली एक व्यक्तिको शासन हो। देशमा तानाशाही शासन कायम गर्नु हो।’

महामन्त्री सिंहले नेपालमा जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउन प्रयास भइरहेको पनि बताए।

‘जेनजीको सही आन्दोलनलाई पनि साम्राज्यवादले हाइज्याक गर्‍यो। त्यसको परिणाम स्वरुप राजनीतिमा अमेरिकी साम्राज्यवाद हावी भएको छ’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad