स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि शुक्रबार (वैशाख १८ गते) ओपीडी सञ्चालन गर्न अस्पतालहरूलाई आग्रह गरेको छ।
यही वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण देशभरका सरकारी अस्पतालहरूमा बहिरङ्ग (ओपिडी) सेवा प्रभावित हुन गई सेवाग्राहीलाई असुविधा हुनसक्ने अवस्था देखिएको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो।
‘सेवाग्राहीहरूलाई स्वास्थ्य सेवा प्राप्त गर्न कुनै असुविधा नहोस् भन्ने उद्देश्यले भोलि मिति २०८३ साल वैशाख १८ गते देशभरका सबै सरकारी अस्पतालहरूमा ओपिडी सेवा सञ्चालन गर्न सम्बन्धित सबै अस्पताल प्रशासनलाई अनुरोध गरिन्छ’ मन्त्रालयले भनेको छ।
51
Shares

प्रतिक्रिया