पूर्वमन्त्री सुदन किरातीलेले सरकारलाई अध्यादेश ल्याउन किन आवश्यक पर्यो भनी प्रश्न गरेका छन्
मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारको नियतमाथि समेत आशंका व्यक्त गरेका छन्।
किरातीले देशमा कुनै असामान्य परिस्थिति नरहेको अवस्थामा अध्यादेश ल्याउनु किन आवश्यक पर्यो भन्ने प्रश्न गरेका छन्। उनले लेखेका छन्, ‘के देशमा कुनै प्राकृतिक विपत्ति आएको छ? के राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप भएको छ? के कुनै कानुनी शून्यता सिर्जना भएको छ? कि संसद बैठक बस्नै नसक्ने असामान्य परिस्थिति बनेको छ?’
उनले अध्यादेश ल्याउने कदमले संसदको भूमिका कमजोर बनाउने संकेत देखिएको बताएका छन्।
‘के यो संसदलाई कमजोर बनाउने प्रयास हो? के जनप्रतिनिधिको भूमिकालाई सीमित गर्ने नियत हो? के यो देशलाई निरंकुशता तर्फ उन्मुख गराउन खोजिएको हो?,’ भन्ने प्रश्नमार्फत उनले सरकारप्रति आलोचना गरेका छन् ।
किरातीले लोकतन्त्रको मूल भावना विधि, प्रक्रिया र खुला बहसमा आधारित हुने उल्लेख गर्दै संसदको महत्वमाथि जोड दिएका छन्।
लोकतन्त्रको सुन्दरता विधि, प्रक्रिया र खुल्ला बहसमा हुन्छ, त्यही भएर अरबौं खर्च गरेर निर्वाचनमार्फत संसद बनाइएको प्रसंग सम्झाएका छन्।
Shares

प्रतिक्रिया