राजनीति


खड्काले बोलाए आफू पक्षीय नेताको भेला

खड्काले बोलाए आफू पक्षीय नेताको भेला

नेपालखबर
बैशाख ९, २०८३ बुधबार १८:७, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू पक्षीय नेताहरूको भेला बोलाएका छन्। 

खड्काले वैशाख १५ गते निवर्तमान केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सभापतिको भेला बोलाएका हुन्। उनले वैशाख १५ मा महाराजगन्जस्थित स्मार्ट होटलमा निवर्तमान केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सभापतिलाई उपस्थित हुन भनेर खबर पठाएका छन्। 

सर्वोच्च अदालतले वैशाख ४ मा गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिएपछि बस्ने लागेको बैठकमा खड्का समूहले आन्तरिकण रणनीति बनाउने नेताहरू बताउँछन्। निवर्तमान केन्द्रीय सदस्य रामहरि खतिवडाका आनुसार भेलामा निवर्तमान केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सभापति सहभागी हुनेछन्।

वैशाख ६ गते सभापति थापाले निवासमै पुगेर खड्कासँग भेटवर्ता गरेका थिए। नेताहरूका अनुसार अहिले सबै मिलेर जानुपर्ने आवश्यकता देखिएको भन्दै थापा र खड्काबीच कांग्रेसलाई एकताबद्ध बनाएर लैजाने विषयमा कुराकानी भएको थियो। 

सभापति थापासँग एकताका लागि ठोस प्रस्ताव ल्याउन खड्काले आग्रह गरेका थिए। थापासँग दोस्रो चरणको छलफल नहुँदै खड्काले आफू पक्षीय नेताहरूको भेला बोलाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad