राजनीति


एमाले नेता ज्ञवालीको प्रश्न: पञ्चायतलेसमेत नसकेको विद्यार्थी संगठन खारेज गर्न वर्तमान सरकारले कसरी सकेको?

एमाले नेता ज्ञवालीको प्रश्न: पञ्चायतलेसमेत नसकेको विद्यार्थी संगठन खारेज गर्न वर्तमान सरकारले कसरी सकेको?

फाइल फोटो


नेपालखबर
बैशाख ७, २०८३ सोमबार ९:१४, काठमाडौँ

नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले सरकारले विश्वविद्यालयहरुबाट विद्यार्थी संगठन खारेज गर्ने तयारी गरेकोप्रति गम्भीर आपत्ति प्रकट गरेका छन्। 

सामाजिक सञ्जालमा उनले सरकारको यो कदम चरम अलोकतान्त्रिक भएको बताएका हुन्।  

‘विद्यार्थीहरूको स्वतन्त्र विद्यार्थी युनियनको अधिकार खोस्ने र विश्वविद्यालयबाट विद्यार्थी सङ्गठनका गतिविधि, उपस्थिति र अस्तित्वलाई निषेध गर्ने निर्णय चरम अलोकतान्त्रिक हो,’ सोमबार बिहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अझ यसका लागि विश्वविद्यालयभित्र ‘सुरक्षा युनिट’ स्थापना गर्नु भनेको विश्वविद्यालयको प्राज्ञिक स्वायत्ततामाथिको हस्तक्षेप हो।’ 

नेता ज्ञवालीले पञ्चायती निरङ्कुशतामासमेत सरकारले धृष्टता गर्न नसकेको विद्यार्थी संगठन खारेजको विषयमा हस्ताक्षर गर्न विश्वविद्यालयका उपकुलपतिहरुले कसरी सकेका होलान् भन्ने प्रश्न पनि गरेका छन्। 

उनले अगाडि लेखेका छन्, ‘निस्सन्देह, विद्यार्थी आन्दोलनमा समस्या छन्। आम विद्यार्थीहरूका हित, शिक्षाको गुणस्तर अभिवृध्दि र स्वस्थ शैक्षिक वातावरण निर्माणमा ‘क्याटालिस्ट’ बन्नु पर्ने विद्यार्थी आन्दोलन घरीघरी मूल मुद्दाबाट बरालिएको पनि छ। तर विद्यार्थी सङ्गठनलाई निषेध गर्नु समस्याको समाधान होइन। समाधान त उनीहरूसँग संवाद, रचनात्मक सहकार्य र गुणस्तरीय शिक्षाका लागि विद्यार्थी आन्दोलनको रूपान्तरण हो।’

‘के तपाईँ कपालमा चायाँ पर्‍यो भनेर गर्धन नै छिनाउनु हुन्छ?’ ज्ञवालीको प्रश्न छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad