अमेरिकाको लुइसियानाको श्रेभपोर्टमा गोली प्रहारबाट आठ बालबालिका मारिएका छन्।
मारिएका बालबालिका १ देखि १४ वर्षसम्मका रहेको बताइएको छ। प्रहरीले घटनालाई ‘घरेलु विवाद’ भनेको छ।
प्रहरीका अनुसार आइतबार एक आक्रमणकारीले १० जनालाई गोली हानेर कारमा भागेका थिए। उनी पनि प्रहरीको गोलीबाट मारिएका छन्।
प्रहरीले मृतकहरूको नाम सार्वजनिक गरेको छैन, तर केही बालबालिका मृतक आक्रमणकारीकै आफन्त भएको बताएको छ।
श्रेभपोर्ट मेयरका सञ्चार निर्देशक ली एन इभेन्स्कीले आक्रमणकारीको नाम समर एल्किन्स नामका व्यक्ति भएको खुलेको बीबीसीले उल्लेख गरेको छ।
117
Shares

प्रतिक्रिया