ad ad

राजनीति


 कोरोना रोक्न नसकेको भन्दै ओबामाले फेरि गरे ट्रम्पको कडा आलोचना

 कोरोना रोक्न नसकेको भन्दै ओबामाले फेरि गरे ट्रम्पको कडा आलोचना

नेपालखबर
जेठ ४, २०७७ आइतबार ३:२१,

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले फेरि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरेका छन्।

कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासमा ट्रम्प प्रशासनले गम्भीर त्रुटी गरेको आरोप ओबामाले लगाएका हुन्।

स्थानीय समयअनुसार शनिबार राति यो वर्ष कलेजबाट दीक्षित विद्यार्थीको भर्चुअल दीक्षान्त समारोह उद्घाटन क्रममा ओबामाले ट्रम्प प्रशासनको आलोचना गरेका हुन्।

सत्ताको बागडोर सम्हालेका व्यक्तिले सधैं आफूले के गरिरहेको छु भन्ने थाहा नपाउने गरेको भन्दै पूर्वराष्ट्रपति ओबामाले दीक्षित विद्यार्थीसामु ट्रम्पको नाम नलिईकन आलोचना गरेका हुन्।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि हालको प्रशासनले पर्याप्त प्रयास गर्न नसकेको ओबामाको आरोप छ।
एक हप्ताअघि पनि ओमबामले आफू राष्ट्रपति रहेका बेला सँगै काम गरेका व्यक्तिहरूसँगको छलफलमा ट्रम्प प्रशासनको आलोचना गरेका थिए।

शनिबार हिस्टोरिकल ब्ल्याक कलेज तथा विश्वविद्यालयबाट दीक्षित विद्यार्थीलाई भर्चुअल सम्बोधन गर्दै ओबामाले भने, ‘यो महामारीले सत्तामा रहेका धेरै व्यक्तिको वास्तविकता छर्लंग पारेको छ।’

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जो बाइडेनलाई समर्थन गर्ने घोषणा गरेका ओबामा पछिल्लो समय ट्रम्पविरुद्ध खुलेर आउन थालेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .