राजनीति


बालेन सरकारको विदेश नीति : नेपाललाई ‘भाइब्रेन्ट ब्रिज’ बनाएर त्रिपक्षीय आर्थिक साझेदारी स्थापित गर्ने

कूटनीतिको केन्द्रीय अवधारणा– नेपाल प्रथम, नेपाली प्रथम
बालेन सरकारको विदेश नीति : नेपाललाई ‘भाइब्रेन्ट ब्रिज’ बनाएर त्रिपक्षीय आर्थिक साझेदारी स्थापित गर्ने

नेपालखबर
बैशाख १, २०८३ मंगलबार १६:१८, काठमाडौँ

सरकारले कूटनीतिको केन्द्रमा ‘नेपाल प्रथम, नेपाली प्रथम’को अवधारणा आत्मसात गर्ने भएको छ। 

प्रतिनिधि सभाको निर्वाचनमा सहभागी ६ दलका चुनावी घोषणापत्रको आधारमा सरकारले तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदामा यसबारे उल्लेख गरिएको छ। ‘कुनै पनि सैन्य गठजोड, हातहतियारको दौड र युद्धले शान्तिलाई वाधा पुर्‍याउँदछ भन्ने मान्यतासहित सबैसँग सम दूरी र समनिकटताको नीति अवलम्बन गरिनेछ,’ मस्यौदामा भनिएको छ, ‘सम्पूर्ण कूटनीतिको केन्द्रमा नेपाल प्रथम, नेपाली प्रथमको अवधारणा आत्मसाथ गरिनेछ।’

यससँगै आर्थिक कूटनीतिलाई बढवा दिने र सगरमाथा संवाद जस्ता कार्यक्रमलाई निरन्तरता दिने पनि उल्लेख छ। यसका लागि नेपाललाई ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’को रुपमा रुपान्तरण गरिने जनाइएको छ। 

‘नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै नेपाललाई बफर स्टेटबाट भाइब्रेन्ट ब्रिजको रुपमा रुपमान्तरण गरी त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीको माध्यमबाट राष्ट्रिय हित सुनिश्चित गरी नेपाललाई स्वतन्त्र, तटस्थ र विश्वशान्तिमा आधारित असंलग्न राष्ट्रको रुपमा विश्वमञ्चमा स्थापित गरिनेछ,’ राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad