उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी चौधरीको काठमाडौँ महानगरपालिका ९ मा तीन तले घर छ।
यस्तै, काठमाडौँ महानगरपालिका १० मै तीन ठाउँमा १४ आना, ७ आना र ९ आना बढि जग्गा छ। महोत्तरीमा पनि चार ठाउँमा उनकै नाममा जग्गा रहेको विवरण उनले सार्वजनिक गरेकी छन्। ८ बिगा बढि जग्गा र एउटा पोखरी छ।
प्रधानमन्त्री बालेन शाहपछि धेरै सुन उनीसँग छ। चौधरीसँग १८० तोला सुन, २ किलो चाँदी र हिराका गहना छन्। उनको विभिन्न बैंकका खातामा १० लाख रुपैयाँ नगद मौज्दात छ।
यस्तै ३ करोड ३८ लाख ३५ हजार ९०८ रुपैयाँ बराबरको सेयर उनीसँग छ। एक करोड ६१ लाख ८७ हजार ऋण लिएको उल्लेख छ। हुन्डाईको एउटा गाडी पनि छ।
यस्तै, बिग मार्टलाई जग्गा भाडामा दिएकी छन्। जसबाट ९० हजार मासिक भाडा प्राप्त गर्छिन्।
765
Shares

प्रतिक्रिया