राजनीति


कृषिमन्त्री चौधरीसँग माइतीले दिएका २ वटा बाख्रा र १० वटा कुखुरा

कृषिमन्त्री चौधरीसँग माइतीले दिएका २ वटा बाख्रा र १० वटा कुखुरा

नेपालखबर
चैत २९, २०८२ आइतबार २२:२६, काठमाडौँ

कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीसँग ५ तोला सुन र १०० तोला चाँदी छ।

सरकारले सार्वजनिक गरेको विवरण अनुसार उनको हाल घर नभए पनि आफ्नो नाममा बर्दियामा ३० लाख मूल्यको जग्गा र रुपन्देहीमा श्रीमान सुनिल चौधरीको नाममा पैतृक सम्पत्तिको जग्गा छ।

मन्त्री चौधरीसँग विभिन्न बैंकमा रहेका खातामा एक लाख २६ हजार रुपैयाँ मौज्दात छ। विभिन्न कम्पनीका शेयर, ३ लाख ३० हजारको स्कुटर छ। यस्तै २ वटा बाख्रा र १० वटा कुखुरा माइतबाट उपहार पाएको उनले उल्लेख गरेकी छन्। 

६५ हजारको ल्यापटप, ९० हजारको मोवाइल र ५० हजार रुपैयाँको घडी पनि उनीसँग छ। यी सबै आफ्नै कमाईबाट किनेको उनको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad