राजनीति


सञ्चारमन्त्री तिमिल्सिनासँग १० लाख नगद, ४७ लाख उठन्ती

सञ्चारमन्त्री तिमिल्सिनासँग १० लाख नगद, ४७ लाख उठन्ती

नेपालखबर
चैत २९, २०८२ आइतबार २२:२०, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले ४७ लाख रुपैयाँ अरुलाई ऋण दिएका छन्।

सरकारले सार्वजनिक गरेको विवरणमा बलराम लामिछानेलाई १५ लाख र केशव राईलाई ३३ लाख रुपैयाँ ऋण दिएको उल्लेख छ। 

यस्तै उनको खातामा १० लाख २४ हजार ३६५ रुपैयाँ मौज्दात छ। मञ्जु गैरेको खातामा १० हजार २१ रुपैयाँ मौज्दाद छ।

उनीसँग ५ तोला सुनका गहना, १० तोला चाँदी र ५० हजारको मोती माला छ। मञ्जुको नाममा काठमाडौँको नागार्जुनमा एउटा घर र जग्गा छुट्टै पनि छ। यस्तै उनीसँग २३ लाख रुपैयाँको गाडी पनि छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad