रौतहटको देवाहीगोनाही नगरपालिकामा नेकपा (एमाले)बाट निर्वाचित मेयर प्रेमलाल साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन्।
आज देवाहीगोनाहीमा आयोजित कार्यक्रममा मेयर साह सहित वडा न ४ अध्यक्ष रामप्रवेश पटेल, वडा न.९ को वडा अध्यक्ष वीरबहादुर साह लगायतका जनप्रतिनिधिहरू आजपामा प्रवेश गरेका छन्।
आजप अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले मेयर साह सहितका नेतालाई पार्टीमा प्रवेश गराउँदै स्वागत गरे।
विभिन्न गाउँघरमा स्थानीयका समस्याबारे छलफल गरिरहेका आजपा अध्यक्ष साहले आज देवाहिगोनाहीमा भेटघाट गरेका हुन्।

186
Shares

प्रतिक्रिया