राजनीति


निजी क्षेत्र बलियो भए मात्रै अर्थतन्त्र बलियो हुन्छ: मनिष झा

निजी क्षेत्र बलियो भए मात्रै अर्थतन्त्र बलियो हुन्छ: मनिष झा

नेपालखबर
चैत २८, २०८२ शनिबार १५:२६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउनसके मात्रै देशको अर्थतन्त्र बलियो हुने औँल्याएका छन्। 

शनिबार राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै नेता झाले निजी क्षेत्रको विकासविना अर्थतन्त्र मजबुद हुन नसक्ने जिकिर गरे। निजी क्षेत्रको ग्रोथले मात्रै मुलुकको अर्थमन्त्र मजबुत हुने बताउँदै गभर्मेन्ट र डेभलपमेन्ट इकोनोमीले स्थायित्वमा मद्दत पुग्ने बताए। 

‘जुनसुकै देशमा पनि तीन तहको अर्थतन्त्र हुन्छ। त्यो भनेको प्रभाइभेट, गभर्मेन्ट, डेभलपमेन्ट इकोनोमी हुन्छ। जबसम्म प्राइभेट सेक्टरको इकोनोमी बलियो हुँदैन तबसम्म देश बलियो हुँदैन,’ उनले भने। 

उनले सन् २०२६ को तथ्यांक उल्लेख गर्दै अमेरिकाको निजी क्षेत्रको इकोनोमी साढे ४६ हजार खर्ब बराबरको रहेको बताए। चीनमा निजी क्षेत्रको पुँजी ३० हजार खर्ब बराबरको छ। छिमेकी देशहरूमा निजी क्षेत्रले धेरै ग्रोथ गरेकाले नेपालमा समेत अब निजी क्षेत्रको ग्रोथ बढ्न जरुरी रहेको उनको भनाइ थियो। 

‘हामीलाई निजी क्षेत्रको पुँजी बलियो बन्नुपर्नेछ। अनि बल्ल हामी अघि बढ्न सक्छौँ,’ उनले भने, ‘डेभलपमेन्ट र गभरमेन्ट पुँजी स्थायीत्वका लागि मात्रै हो। प्राइभेट पुँजी भनेको ग्रोथ हो। त्यसैले हामी ग्रोथमा केन्द्रित हुनुपर्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad