राजनीति


एमालेले २०८३ लाई पार्टी पुनर्जागरण र पुनर्गठनको वर्षका रुपमा मनाउने

एमालेले २०८३ लाई पार्टी पुनर्जागरण र पुनर्गठनको वर्षका रुपमा मनाउने

नेपालखबर
चैत २८, २०८२ शनिबार १४:१३, काठमाडौँ

नेकपा (एमाले)ले २०८३ साललाई पार्टी पुनर्जागरण र पुनर्गठनको वर्षका रुपमा मनाउने भएको छ। 

शनिबार एमाले सम्पर्क विशेष सङ्गठन कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव शंकर पोखरेलले आउँदो वर्षलाई पार्टी पुनर्जागरण र पुनर्गठनको वर्षका रुपमा मनाउने बताएका हुन्।

निर्वाचनको धक्कापछि निराश बनेका कार्यकर्तालाई ऊर्जा भर्न पुनर्जागरण र पुनर्गठन वर्षका रुपमा मनाउन लागेको उनको भनाइ थियो।

‘हामी यो निराशालाई संकल्पमा बदल्नेछौँ, संकल्पलाई आशामा बदल्नेछौँ। ८२ को पीडालाई ८३ को सफलताले धोइपखाली गर्नेछौँ,’ उनले भने। 

पोखरेलले २०६४ सालमा एमाले सकियो भन्नेहरूलाई २०७० सालमा एमालेको पुनरागमन भएको स्मरण गराए। ‘२०६४ सालमा एमाले सकियो भन्नेहरूले २०७० मा एमालेको पुनरागमन देखेका थिए, इतिहास फेरि दोहोरिनेछ,’ पोखरेलले भने। 

पार्टी सत्तामुखी र केन्द्रमुखी हुँदा जनतासँगको सम्बन्ध केही कमजोर भएको स्वीकार गर्दै अब ‘मिसन ग्रासरुट’ मार्फत जनताको घरदैलोमा पुग्ने उनले बताए। 

पोखरेलले एमालेलाई समृद्ध नेपालको आकांक्षा पूरा गर्ने एक मात्र भरपर्दो शक्तिको रूपमा पुनर्स्थापित गर्ने जिकिर गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad