राजनीति


प्रतिनिधि सभाका १० विषयगत समिति गठन, कुन समितिमा को?

प्रतिनिधि सभाका १० विषयगत समिति गठन, कुन समितिमा को?

नेपालखबर
चैत २७, २०८२ शुक्रबार १९:३७, काठमाडौँ

प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएका छन्। 

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विषगत समिति गठन भएको जानकारी दिएका छन्। सभामुख अर्यालले समितिमा रहेका सांसदको नामावली बैठकमा प्रस्तुत गरेका हुन्। 

प्रतिनिधि सभा अन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, कृषि, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, शिक्षा र सार्वजनिक लेखा समिति रहेका छन्।

त्यस्तै, संघीय संसद्का संयुक्त समिति पनि गठन भएको छन्। संघीय संसदमा दुई वटा संयुक्त समिति रहने व्यवस्था रहेको छ। 

संयुक्त समितिमा संसदीय सुनुवाई सिमित र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति रहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad