चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानकी विपक्षी नेतृ चेङ ली वुनलाई बेइजिङ र ताइपेईबीच पुनर्एकीकरण अपरिहार्य रहेको बताएका छन्। ताइवान स्वतन्त्रताको कुनै पनि प्रयासलाई आफूहरुले नसहने उनको भनाइ थियो।
चेङ १० वर्षमा पहिलो पटक बेइजिङ भ्रमण गर्ने कोमिन्ताङ नेतृ हुन्। कोमिन्ताङ ताइवानको सबैभन्दा ठूलो विपक्षी दल हो।
‘अन्तर्राष्ट्रिय परिदृश्य र जलसन्धि वारिपारिको अवस्था जतिसुकै परिवर्तन किन नहोस्, चिनियाँ राष्ट्रको महान कायाकल्पतर्फको यात्रा रोकिने छैन, र जलसन्धिको दुवैतर्फका चिनियाँहरू एक ठाउँमा आउने अदम्य गति रोकिने छैन,’ सीले भनेका छन्, ‘यो ऐतिहासिक अपरिहार्यता हो। यसमा हामी विश्वस्त छौँ।’
‘ताइवानको स्वतन्त्रता ताइवान जलसन्धिको शान्ति भंग गर्ने प्रमुख दोषी हो। हामी त्यस्ता गतिविधिलाई कहिल्यै सहने वा माफ गर्ने छैनौँ,’ सीको भनाइ सिन्ह्वाले उधृत गरेको छ।
चेङले दुई पक्षबीच संवादका दिगो संयन्त्र बनाउनुपर्नेमा जोड दिइन्। एजेन्सी
Shares

प्रतिक्रिया