प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ।
सभामुखमा अर्याल निर्वाचित भएपछि उनीहरुबीच पहिलो औपचारिक भेटवार्ता भएको हो।
भेटमा अध्यक्ष दाहालले सभामुख अर्याललाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।
यही चैत २२ गते सभामुखमा अर्याल निर्विरोध निर्वाचित भएका थिए। प्रतिनिधिसभा र राष्ट्रियसभा रहेको सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। रासस
24
Shares

प्रतिक्रिया