राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को कार्यविभाजनमा हेरफेर गरेका छन्।
बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मन्त्रिपरिषद् हेरफेर गरेका हुन्। नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम कार्यविभाजन गरी हेरफेर गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्।
प्रधानमन्त्री शाहले बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई हटाएका थिए। उनलाई हटाएपछि श्रम मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका छन्। त्यही अनुसार, राष्ट्रपतिले कार्यविभाजन हेरफेर गरेका हुन्।

258
Shares

प्रतिक्रिया