राजनीति


नेकपाको वक्तव्यमा अध्यक्ष प्रचण्डको नामनै अशुद्ध

नेकपाको वक्तव्यमा अध्यक्ष प्रचण्डको नामनै अशुद्ध

नेपालखबर
जेठ ३, २०७७ शनिबार २:३०,

सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आज शनिबार जारी गरेको ३ पेज लामो संयुक्त वक्तव्यमा दाहालको नाम नै अशुद्ध छ।

आज जेठ ३ गते २७औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा अध्यक्षद्वयले ३ पेज लामो संयुक्त वक्तव्य जारी गरेका हुन्। जसमा नेकपालाई लोकतान्त्रिक धारमा ल्याउन मदन भण्डारीको वैचारिक योगदान र पार्टी एकताबारे चर्चा गरिएको छ।

३ पेज लामो वक्तव्यको पुछारमा अध्यक्ष ओलीले बायाँ र प्रचण्डले दायाँतिर हस्ताक्षर गरेका छन्। जहाँ पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेख्ने क्रममा ‘दहाल’ लेखिएको छ। पार्टी केन्द्रीय कार्यालयबाट बिहानै सञ्चारमाध्यमलाई इमेल गरिएको वक्तव्यको पीडीएफ र वर्ड फाइल दुवैमा प्रचण्डको नाम अशुद्ध छ।

पछिल्लो समय राज्यका महत्वपूर्ण निकाय र नेकपाका नेताहरूका वक्तव्यमा यस्ता गल्ती पटक पटक दोहोरिँदै आएका छन्।

यो पनिः ओली–प्रचण्डले भनेः मदन भण्डारीको विचारले नेपालमा कम्युनिष्ट शक्ति सर्वाधिक लोकप्रिय

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad