समाज


कोरोना संक्रमणबाट शुक्रबार अमेरिकामा १५७२ र ब्राजिलमा ८२४ को मृत्यु

कोरोना संक्रमणबाट शुक्रबार अमेरिकामा १५७२ र ब्राजिलमा ८२४ को मृत्यु

नेपालखबर
जेठ ३, २०७७ शनिबार २:२९,

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट शुक्रबार अमेरिकामा १ हजार ५ सय ७२ जनाको मृत्यु भएको छ।

शुक्रबार अमेरिकापछि ब्राजिलमा धेरैले ज्यान गुमाएका छन्। हिजो ब्रजिलमा ८ सय २४ जनाले कारोना संक्रमणका कारण ज्यान गुमाएका वर्ल्डओमिटरले जनाएको छ।

कोरोना संक्रमणबाट गएको २४ घण्टामा विश्वभर ५ हजार ४९ जनाको मृत्यु भएको छ। यो सँगै विश्वभर मृतकको संख्या ३ लाख ८ हजार १ सय ३१ पुगेको छ। यो शनिबार साढे सात बजेसम्मको तथ्यांक हो।

अहिलेसम्म ४६ लाख २१ हजारभन्दा धेरै यसबाट संक्रमित भएका छन्। संक्रमितमध्ये १७ लाख भन्दा धेरै उपचारपछि निको भएका छन्।

भारतमा गएको २४ घण्टामा कोरोना संक्रमणबाट १ सय ४ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या २७ सय ५३ पुगेको छ। भारतमा शुक्रबार ३७ सय ८७ जना नयाँ संक्रमित फेला परेका छन्।

यो सँगै भारतमा संक्रमितको संख्या ८५ हजार ७ सय ८७ पुगेको छ। भारतमा अहिलेसम्म ३० हजार २ सय भन्दा धेरै उपचारपछि निको भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad